Sunday, September 7, 2014

६० रुपैंयाँ सटर उपलब्ध काठमाडौ उपत्यकामा!

September 5
ललितपुर । काठमाडौं उपत्यकामा एउटा पसल (सटर)को भाडा कति तिनुपर्ला ? तपाइँ कल्पना गर्नुहोस्त, ५ हजार वा १० हजार ? अझै धेरै चहलपहल हुने स्थानमा त त्यो भन्दा पनि धेरै रकम तिर्नुपर्छ ।

तर, तपाइँलाई अचम्म लाग्न सक्छ, पाटनको मंगलबजारमा अत्यन्तै सस्तो भाडामा सटर पाइन्छ भन्दा । पत्याउन नसके पनि यथार्थ यस्तै छ । ललितपुरको सबैभन्दा बढी चहलपहल हुने व्यापारिक केन्द्र मंगलबजारमा एउटा सटरको भाडा ६० रुपैयाँ मात्रै छ, राजधानी दैनिकमा खबर छ ।

पाटन दरवार स्क्वायर र त्यो वरपर रहेका नेपाल सरकारका विभिन्न निकायको स्वामित्वमा रहेका कवलहरुको भाडा अहिले पनि ६० रुपैयाँ मात्रै रहेको पाइएको हो । लामो समयदेखि भाडा समायोजन गर्न नसक्दा व्यापारिक केन्द्रमै सटर भाडाबापत ६० रुपैयाँ मात्र पाउने गरेका हुन्, सरकारी निकायले ।

भाडा समायोजन हुन नसकेकै कारण कैंयौं गुणा कम आम्दानीमा चित्त बुझाउन बाध्य छन् सरकारी निकाय । यसक्षेत्रका धेरै पसलका भाडा सय रुपैंयाँ भन्दा कम छ । अधिकांश पसलको भाडा पाँच सय भन्दा कम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ ।

No comments: