September 7
बनेपा-काठमाडौं विश्वविद्यालय (केयु) ले सम्बन्धन दिएका आठ मेडिकल कलेजले एमबिबिएस कोर्सको शुल्क लगभग समान राखे पनि केयूको आफ्नै कलेजमा भने १० लाख रुपैयाँ सस्तोमा पढाइ हुन्छ। तर, सस्तोमा पढ्ने अवसर कमै विद्यार्थीलाई मात्र छ। केयुको स्कुल अफ मेडिकल साइन्सेजमा बर्सेनि ६० जनाले मात्रै एमबिबिएस पढ्न पाउँछन्।
'कुल ६० जनामध्ये शिक्षा मन्त्रालय, धुलिखेल र पनौती नगरपालिकाका पाँचवटा र विदेशी विद्यार्थीका निम्ति १० वटा सिट छुट्याइएको हुन्छ। बाँकी ४५ जनाले मात्र एमबिबिएस पढ्न पाउँछन्,' मेडिकल साइन्सेजका प्रशासकीय अधिकृत दीपक दाहालले भने।
केयुले स्वदेशी विद्यार्थीलाई ३२ लाख ९८ हजार रुपैयाँ र विदेशीका लागि ४५ लाख रुपैयाँ लिने गरेको उनको भनाइ छ। यस वर्ष पनि मेडिकल इन्ट्रान्स टेस्ट (कुमेट) मा उत्तीर्ण भई मेरिट लिस्टबाट छानिएका विद्यार्थीले मात्रै केयु स्कुल अफ मेडिकल साइन्सेजमा पढ्न पाउने भएका छन्। आगामी शनिबार कुमेट परीक्षा सञ्चालन हुँदैछ। धुलिखेल अस्पतालस्थित केयुको आफ्नै मेडिकल कलेजमा पढ्ने अवसर नपाउनेले भने केयुको सम्बन्धनअन्तर्गतका मेडिकल कलेजमै जानुपर्ने अवस्था छ।
यी कलेजले न केयुको नियम मानेका छन् न त सरकारी निर्देशन। यी मेडिकल कलेजले गतवर्ष ३८ लाखदेखि ४४ लाख रुपैयाँसम्म शुल्क लिएका थिए। चितवन मेडिकल कलेज, भरतपुरले सबैभन्दा बढी ४४ लाख शुल्क तोकेको थियो। पोखरास्थित मणिपाल कलेजले भने ४० लाख लिने तोकेको छ। तर, त्यहाँ पनि विदेशी विद्यार्थीलाई प्राथमिकता हुने गरेको विद्यार्थी बताउँछन्।
'विदेशी विद्यार्थीले नेपालीका दाँजोमा कुल शुल्कको डेढदेखि दुई गुणा बढी शुल्क तिर्ने भएकाले नेपालीलाई लिनेमा चासो नदिने रहेछन्,' गत वर्ष भर्ना नपाएका एक विद्यार्थीले भने। यसपटक केयुले आफ्नो र सम्बन्धन दिएका सबै मेडिकल कलेजले लिने पढाइशुल्क वेबसाइटमै राख्ने तयारी गरेको बताएको छ।
'गत वर्ष शुल्कबारे अभिभावक निकै अलमल परेको गुनासो थियो। यसपटक छोराछोरीलाई कहाँ र कति शुल्क लिने कलेजमा लैजाने भन्ने छनोट गर्न सहज होस् भनेर यस्तो व्यवस्था गरिएको हो,' दाहालले भने। केयु र अन्तर्गतका मेडिकल कलेजले बर्सेनि १ हजार ६० विद्यार्थी भर्ना लिँदै आएका छन्। जसमा नेपालगन्ज मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज भरतपुर, मणिपाल, काठमाडौं, नेपाल र नोबेल मेडिकल कलेजले डेढ–डेढ सय संख्यामा भर्ना लिने गरेका छन्।
यस्तै, लुम्बिनीले १ सय र केयुले ६० जना मात्र लिने गरेका छन्। मेडिकल शिक्षा संसारभर नै महँगो रहेको धुलिखेल अस्पताल काठमाडौं विश्वविद्यालयका प्रशासकीय निर्देशक डा. राजेन्द्र कोजूले बताए। कम शुल्कलाई पढाइको गुणस्तरसँग दाँज्न नमिल्ने उनको तर्क छ।
'हाम्रा पूर्वाधार, जग्गा र उपकरण दाताबाट आएकाले थप उपकरण, मानवस्रोत र सञ्चालन खर्चले अरू मेडिकल कलेजभन्दा कम शुल्कमा पढाउन सम्भव भएको हो,' कोजूले भने, 'निजी मेडिकल कलेजले झैं पूर्वाधार, फ्याकल्टी, मानवस्रोत र ब्याजमा समेत लगानी गर्नुपर्ने भए हामी पनि सस्तोमा पढाउन सक्दैनथ्यौं,' उनले थपे। एमबिबिएसमा विद्यार्थीले भर्ना हुँदा आधा र बाँकी शुल्क चार वर्षसम्म किस्तामा तिर्नुपर्ने नियम छ।
तर, कलेजले एकमुष्ट दिने विद्यार्थीलाई भर्नामा प्राथमिकता दिने गरेको अभिभावकको गुनासो छ। शिक्षा मन्त्रालयले चार वर्षअघि नै एमबिबिएसको न्यूनतम शुल्क ३१ लाख रुपैयाँ तोकेको थियो। बर्सेनि १० प्रतिशतका दरले शुल्क बढाउँदै जाने नीति लिइएको थियो तर त्यसपछि यसबारे पुनरवलोकन भएको छैन। सरकारले यसमा कडाइ गर्न नसकेपछि निजी कलेजले आफूखुसी शुल्क निर्धारण गर्दै आएको अभिभावकको भनाइ छ।

No comments:
Post a Comment