September 21
जिल्लामै क्याम्पस खुलेपछि मुस्ताङका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न राहत मिलेको छ।
सदरमुकाम जोमसोममा जनहित बहुमुखी क्याम्पस स्थापना भएपछि मुस्ताङका विद्यार्थीलाई स्नातकतहको शिक्षा हासिल गर्न जिल्ला छाडेर जानुपर्ने बाध्यता हटेको हो।
यसअघि मुस्ताङका विद्यार्थीलाई उच्चमावि तहको पढाइ सकेपछि थप शिक्षा हासिल गर्न म्याग्दी, बागलुङ, पोखरा र राजधानी जानुपर्ने समस्या रहेको थियो।
जिल्लामै क्याम्पस खुलेपछि आर्थिक रुपमा विपन्न र घरायसी तथा अन्य कारणले उच्च शिक्षा अध्ययन गर्न नपाएका विद्यार्थीलाई राहत मिलेको विद्यार्थी सुशीला पुर्जाले बताउनुभयो। समुदायस्तरबाट सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयले गत साल असोजमा सो क्याम्पसलाई सम्बन्धन दिएको थियो।
पहिलो वर्ष बिबिएस तहको पठनपाठन सञ्चालन गरिएको र शिक्षा सङ्कायको स्नातकतहको कक्षा सञ्चालनका लागि पहल गरिएको क्याम्पसप्रमुख रामचन्द्र अधिकारीले जानकारी दिनुभयो। उक्त क्याम्पसमा हाल १८ जना विद्यार्थीले स्नातकतहको शिक्षा लिइरहेका छन्। रासस
No comments:
Post a Comment