Sunday, September 14, 2014

“टलकजंग भर्सेस टुल्के” मा भाँचियो झिल्के र मैयाको कम्मर (भिडियो सहित )

September 14
प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र “टलकजंग भर्सेस टुल्के”को गित रिलिज भएको छ |”नाचन झिल्के नाचन,बारुले कम्बर भाचन “बोलको गित आईटम गितमा सुम्निमा सिंह ,रोशन थापा ,निश्चल बस्नेत को स्वर रहेको छ |tulke
निश्चल बस्नेतको शब्द लेखेको उक्त गीतमा जेशन श्रेष्ठ ले संगीत भरेका छन | नेपालका सुपरस्टार हिरो हिरोईन संग नाम जोडेर तयार गरिएको उक्त गित बिशुद्द मनोरन्जनको लागि मात्र तयार गरिएको हो |गम्भीर बिस्टले यो गीतको नृत्यलाई कुशलता पुर्वक निर्देशन गरेका छन |

प्रविन श्रेष्ठ को रंग संयोजन रहेको गीतलाई क्यामेरामा पुरुसोत्तम प्रधानले साथ दिएका छन | आगामी कार्तिक १४ गतेलाई प्रदर्शन मिति तय भएको सिनेमाको कार्यकारी निर्माता रबिन्द्र शिंह बानिया हुन् |

मनोरन्जनात्मक बिषय समेटिएको उक्त सिनेमाको निर्देशन निश्चल बस्नेत गरेका छन भने लोकेश बज्राचार्यको सम्पादन रहेको छ |षटकोण आर्ट्स ब्ल्याक हर्ष पिक्चर्स को प्रस्तुतिमा “टलकजंग भर्सेस टुल्के” निर्माण भएको हो | भिडियो हेर्न यो लिन्क्मा जानुहोस

No comments: