September 14
हरेक नेपालीको दुख पिर मर्कामा साथ दिने उद्देश्यले स्थापित भएर बिगतका दिन देखि नै समस्यामा परेका नेपालीहरुको लागि सहयोगका कार्यक्रमहरु गर्दै आएको नेपाली साझा समाज, जापानले सिन्धुपाल्चोक जिल्लाको चुरे गा.बि.स.मा रहेका पहिरो पिडित र जापानको क्युश्यु छेत्रमा पौडी खेल्ने क्रममा समुन्द्रमा डुबेर उपचार गर्दागर्दै मृत्यु भएका बिद्यार्थी संजित ढकालको परिवार सहयोगार्थ संयुक्त रुपमा जापानी येन ६९०००/- संकलन गरेको थियो | नेसासजाले उक्त रकमलाई यी दुइ घटनाका लागि छुट्टाएर सहयोग गर्ने बताएको छ |

नेसासजाका अध्यक्ष राज कुमार लामिछानेका अनुसार सहयोगका लागि समाजले निर्धारण गरेको रकम मध्ये सिन्धुपाल्चोक पहिरो पिडितको लागि नगद रु.५००००/-(पचास हजार) जिल्ला प्रशासन कार्यालय प्रमुखलाई एक समारोह बीच हस्तान्तरण गरिने छ भने मृतक परिवारलाई आर्थिक सहयोग जापानी यन २५०००/-(पच्चीस हजार) सम्बन्धित ठाउमा पठाई सकेको र अपुग रकम नेपाली साझा समाज जापानको कोषबाट पूर्ति गरिने भएको छ |
सहयोगीहरुको पुरा संकलन विवरण नामावली र रकम सहित समाजको सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराइने छ l यसबीच समाजले नेपाली चाडपर्वमा नेपालीहरु बीच गर्दै आएको दशैको शुभकामना आदानप्रदान कार्यक्रम अक्टोबर ५ तारिक आइतबारमा गुन्मा केन ऒइजुमि माचीमा गर्ने र कार्यक्रममा सांगीतिक कार्यक्रम लगायत नेपाली भोजनको ब्यबस्ता हुनेछ l कार्यक्रमको समय दिउसो १:३० देखि ६:०० बजे सम्म हुने अध्यक्ष लामिछानेले जानकारी गराउनु भयो |

No comments:
Post a Comment