Sunday, September 14, 2014

वी फर अलद्वारा राहत कोषमा थप सहयोग

September 14
विदेशी भूमि जापानमा रहेर पनि समाजकाे हरेक क्षेत्र वर्ग र समूहसँग हातेमालाे गर्दै समाजकाे लागि विभिन्न सामाजिक र जनचेतनामूलक कार्य गर्दै आएकाे संस्था वी फर अलको वार्षिक कार्यक्रम नेपाली महिलाहरुको महान् चाड ‘हरितालिका तीज’ गएको महिना अगस्ट २४ तारिखका दिन आईतवार टोक्योको मुटु सिन्ज्युकुमा रहेको सिन्ज्युकु बुन्का सेन्टरमा भब्यरुपमा सम्पन्न भएको छ ।
 we-for-all-japan
 ‘तीज महोत्सव २०१४’ नाम दिईएको उक्त कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरू मन्जु पौडेल, टिका पुनकासाथै जापानमै रहनुभएका चर्चित कलाकारहरु सूर्य खड्का, बिनोद भण्डारीको पनि बेजोड प्रस्तुति रहेको थियो । गायक रामजी खाँड भने कारणवश कार्यक्रममा उपस्थित हुन सकेनन् । यस महोत्सवबाट उठेको रकमबाट जापानी येन ५०,००० जापानमै रहेकाे अर्को सामाजिक सँस्था नेपाल जापान युथ क्लब र वी फर अलद्वारा खडा गरिएकाे “आपतकालिन राहत कोषमा ” जम्मा गरिएको छ ।

 वी फर अलको हरेक कार्यक्रमहरु झैँ यस वर्ष पनि तीज महोत्सवलाई सभ्य र भब्य बनाउन सहयोग गरेकोमा वी फर अलले जापानमा रहनुभएका सम्पूर्ण नेपाली महिला दिदी-बहिनी, दाजुभाईहरु, कार्यक्रमलाई प्रायाेजन गर्नु भएका प्रायाेजकहरु, सम्पूर्ण मिडियाहरु लगायत जापानका सम्पूर्ण संघ-संस्था र त्यसमा आबद्द सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै पछिल्ला वर्षहरुमा झैँ आउँदो वर्षहरुमा पनि सबैको साथ र सहयोगको आशा गरेको छ |

No comments: