September 14
मस्तिष्कघात र हृदयघातपछि नर्भिक अस्पतालमा उपचाररत एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। आजको नागरिक दैनिक लेख्छ चिकित्सकहरूका अनुसार बोगटीलाई कृत्रिम श्वासप्रश्वास यन्त्र भेन्टिलेटर मा राखेर उपचार गरिँदैछ।
लामो समयदेखि उच्च रक्तचापबाट पीडित बोगटीलाई बिहीबार गंगालाल हृदयरोग केन्द्र पुर्याइएको थियो। गंगालालमा तत्काल एन्जियोप्लास्टी गरी मुटुका बन्द नसा खोलिए पनि होस नफर्किएपछि मस्तिष्कघातको समेत आशंकामा उपचार थालिएको हो।
चिकित्सकका अनुसार बोगटीको मस्तिष्कमा देब्रेतर्फको बीच भागमा ठूलो चोट एवं रगत जमेको छ। उनको दायाँतर्फका कुनै पनि भाग चलेका छैनन्।
बोगटीलाई शुक्रबार अपराह्न नर्भिक अस्पताल पुर्याइएको हो। बोगटीलाई न्युरोलोजिस्ट डा.पंकज जलान नेतृत्वको टोलीले उपचार गरिरहेको छ। मुटुसम्बन्धी उपचारमा गंगालालकै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट संलग्न छन्।

No comments:
Post a Comment