September 15
दसैंको मुखमा खाद्यान्नमा चरम मूल्यबृद्धि भएको छ । चामल, दाल लगायतका खाद्यानन्नमा यसरी चर्को मूल्यबृद्धि भएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ । साउनमा ४८ रुपैयाँ प्रतिकेजीमा पाइने सोना मनसुली चामल भदौंको दोस्रो हप्तादेखि ५४ रुपैयाँ भएको छ ।
त्यस्तै साउनमा मनसुली चामल प्रतिकेजी ५२ रुपैयाँमा पाइन्थ्यो भने भदौंमा मूल्य बढेर ६० रुपैयाँ पुगेको छ । त्यस्तै साउनमा १ सय ३० रुपैयाँमा पाइने रहरको दाल अहिले १ सय ४५ पुगेको छ । सेतो केराउ ६० रुपैयाँबाट ६७ र ३४ रुपैयाँमा पाइने आलु प्रतिक्जी ४८ रुपैयाँ पुगेको छ ।
No comments:
Post a Comment