Thursday, September 4, 2014

बाढीपीडितलाई थोत्रा र मैला थाङ्ना !

September 4 दाङ ।
 आफ्नो बस्ती मंगलबार राहतको बोरा आइपुगेको सुन्नासाथ दाङ डुरुवाकी मनकली चौधरी फुरुंग हुँदै हतारहतार मोतिपुर पुगिन् । बोराभरि लुगा रहेछ । मनकलीले जब बोरा खोलिन्, उनको मन भित्रैदेखि कुँडिएर आयो । मानवीय रुपमा सहयोगी देखिन खोज्नेले नै बाढीपीडितलाई केविधि हेपेका !Dang Flood Victim राहत सहयोगका नाममा दिएका बोराभरिका कपडा थोत्रा-थाङ्ना पो रहेछ्न । डुङ्डुङती गनाउने, फाटेका लाउनै नमिल्ने । केलाउँदा-केलाउँदा मनकली दिक्क भइन्, काम लाग्ने एउटै कपडा भेटिएन । ‘सबै पुराना रै’छन्, छान्दा-छान्दा लाउन मिल्ने एउटै मेटिएन’, मनकलीले दुखेसो पोखिन । तीन साताअभिको भीषण वर्षासँगै आएको बाढीपहिरोले सर्वस्व हरेर घर न घाट बनाइएकाहरुलाई देखेर वा सम्झेर ‘कठै ! भोकभोकै, नांगेझार र बेघरबास ! भनी दुःख प्रकट गर्ने धेरै छन् । मानवीय भावले धेरै तत्कालै केही दिउँ भनेर अघि सरेका पनि छन् । बाढीपहिरोमा ज्यान जोगाउन सकेकालाई राहत दिन देश-विदेशका संघसंस्था र व्यक्तिगत पहल जारी नै छ । सरकारी सहयोग न्यून भएपनि एकहदमा गैरसरकारी र व्यक्तिगत हैसियतमा राहतकोओइरोनैछ, तर राहतका नाममा कतिपयले अमानवीय प्रवृत्ति देखाउँदा भने मनकलीजस्ता कैयन् बाढीपीडितको मन भाँचिएको नागरिक दैनिकमा खबर छ ।

No comments: