Thursday, September 4, 2014

सरकार र विपक्षीले सल्लाह गरेर संसद अवरुद्ध गरेको कमल थापाको आरोप

September 3
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकार र प्रमुख प्रतिपक्षले सल्लाह गरेर नै संसद अवरुद्ध गरेको आरोप लगाएका छन् ।
 Kamal-thapa-newKamal-thapa-new
चारबुँदे सहमति कार्यान्वयनको माग गर्दै एकीकृत नेकपा माओवादीसहितका विपक्षी दलहरुले संसद बैठक अवरुद्ध पार्दै आएका छन् । तर, थापाले भने जनताको आँखामा छारो हाल्न नाकट भइरहेको टिप्पणी गरेका छन् । उनले ट्वीट गरेका छन्-’संसदमा सरकार र प्रमुख प्रतिपक्षको रवैया हेर्दा यस्तो लाग्छ कि दुबैको सल्लाहले संसद अवरुद्ध गरिरहेका छन् । जनताको आँखामा छारो हाल्ने नाकछ भइरहेको छ ।’ चारबुँदे सहमति सरकार र प्रतिपक्षको बीचमा नभएको भन्दै उनले केेही दलबीच भएको सहमतिलाई लिएर संसद अवरुद्ध गर्न नमिल्ने उनले बताए । अर्को विपक्षी दल राप्रपा नेपालको आवाज समेत रोक्ने काम भएको भन्दै उनले सभामुख पनि गम्भीर हुनु पर्ने बताए । उक अन्तरवार्तामा उनले बालुवाटार बरिपरि घुमिरहेको एमाओवादी प्रमुख विपक्षी दल हुनसक्छ भनि प्रश्न समेत गरेका छन् ।

No comments: