September 10
काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंकले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट ४७.३९ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । बैंकको ८९ औ सञ्चालक समितिको बैठकले २७.३९ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।
त्यसैगरी बैंकले एक बराबर एकको अनुपातमा हकप्रद सेयर दिने निणर्य पनि गरेको छ । बैंकको यो निर्णय राष्ट्र बैंक र बैंककै आगामी हुने साधारणसभाबाट स्वीकृत भएपछि मात्र लागू हुन्छ ।
गत वर्ष बैंकले एक करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी दुई करोड रुपैयाँ पुग्ने छ भने हकप्रद वितरणपछि चुक्ता पुँजी चार करोड रुपैयाँ पुग्नेछ ।

No comments:
Post a Comment