Tuesday, September 2, 2014

भारत ६ विकेटले विजयी

September 2 नटिंघम/ अम्बाती रायडुको आक्रामक ब्याटिङको सहयोगमा शनिबार राति भारतले इंग्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा ६ विकेटको जित दर्ता गरेको छ । नटिंघममा पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा सबै विकेट गुमाएर २२७ रनको सम्मानजनक योगफल खडा गर्‍यो । प्रत्युत्तरमा भारतले ४३ ओभरमा चार विकेटको क्षतिमा २२८ रन जोड्यो ।
india
भारतको जितमा अजिंका राहानेले ४५, विराट कोहलीले ४० तथा सुरेश रैनाले ४२ रनको योगदान दिएका थिए । कोहली र रायडुबीच तेस्रो विकेटका लागि ८७ रनको साझेदारी भएको थियो । रायडुले ७८ बलमा ६ चौका प्रहार गरे । रैनाले ४२ बलमा पाँच चौका प्रहार गरे । नियमित ओपनर रोहित शर्माको स्थानमा ब्याटिङ गर्ने अवसर पाएका राहानेले ५६ बलमा एक छक्का र ६ चौका प्रहार गरे ।
यसअघि ब्याटिङ गरेको इंग्ल्यान्डका लागि कप्तान एलिस्टर कुकले ४४, एलेक्स हालेसले ४२, जोस बटलरले ४२ रनको योगदान दिएका थिए । पुछारका जेम्स ट्रेडवेलले १८ बलमा चार चौका र एक छक्काको सहयोगमा ३० रन जोडे । भारतका लागि बलिङमा रविचन्द्रन आश्विनले ३९ रन खर्चेर तीन विकेट लिएका थिए ।

No comments: