Thursday, September 11, 2014

एनसेलको सामसुङ सेटमा अफर

September 11
काठमाडौं । एनसेलले चाडपर्वको अवसरमा सामसुङका मोवाइल सेटमा आफ्नो सेवा बन्डल गरेर नयाा अफर ल्याएको छ, जस अन्तर्गत ग्राहकले सामसुङका दुईवटा मोवाइल सेटसागै एनसेलको सेवा आकर्षक मूल्यमा प्राप्त गर्न सक्नेछन् ।
 Ncell-Tower
 यहि भदा २७ बाट शुरु हुने यो योजनामा ग्राहकले अब बजार मूल्य रु ११,९०० रहेको सामसुङको एस नेक्स्ट मोवाइल सेट तथा त्यससागै रु ३००० बराबर अन-नेट व्यालेन्स रहेको एनसेलको प्रिपेड सिमकार्ड मात्र रु १०,९०० मा खरिद गर्न सक्नेछन् ।

 साथै, ग्राहकले रु १५,१९० बजार मूल्य रहेको सामसुङको एस डुओस थि्र सेटका साथै रु ५००० बराबर अन-नेट व्यालेन्स रहेको एनसेलको पि्रपेड सिमकार्ड मात्र रु १३,९०० मा खरिद गर्न सक्नेछन् । एनसेलको नम्बर प्रयोग गरिरहेका ग्राहकले पनि यि सेटहरु खरिद गर्दा प्राप्त हुने अन-नेट व्यालेन्सलाई आफ्नै विद्यमान नम्बरमा प्राप्त गर्न सक्नेछन् ।

यस्तो व्यालेन्स ट्रान्सफर कुनै पनि एनसेल सेाटरबाट गर्न सकिनेछ । यो योजना दुई महिनासम्म लागु हुनेछ । ग्राहकले देशका विभिन्न भागमा रहेका कुनै पनि एनसेल सेन्टर, एनसेल शप तथा एनसेलका अधिकृत विक्रेताबाट आकर्षक मूल्यमा एनसेलको सेवा रहेको यि सेटहरु खरिद गर्न सक्नेछन् ।

सेटसागै उपलब्ध हुने व्यालेन्सलाई ग्राहकले पुष १६ गतेसम्म ईन्टरनेट चलाउन तथा एनसेलको कुनै पनि नम्बरमा कल गर्न वा एसएमएस तथा एमएमएस पठाउन प्रयोग गर्न सक्छन् । एनसेलले आफ्ना ग्राहकका लागि गुणस्तरीय ईन्टरनेटको सेवाको अनुभुति गराउनकालागि एनसेलको सिमकार्ड रहेको स्मार्ट फोन सेट उपलब्ध गराउनेे क्रममा यो आकर्षक अफर ल्याएको हो ।

 “यसले चाडपर्वको अवसरमा युवा तथा विधार्थीहरुलाई स्मार्ट फोन तथा एनसेलको सेवालाई सुलभ दरमा उपलब्ध गराउनेछ,” एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स निर्देशक सञ्जु कोइरालाले भनिन्् ।

No comments: