Thursday, September 11, 2014

सार्वजानिक खरिद ऐन संशोधन गर्न संसदीय समितिको निर्देशन

September 11
काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले सार्वजानिक खरिद ऐन संशोधन गर्न निर्देशन दिएको छ । सार्वजानिक निर्माण तथा खरिदमा देखा परेका विसंगतीमा सुधार गर्न सार्वजानिक खरिद ऐन २०६३ संसोधन आवश्यक रहेको भन्दै विहिबार बसेको समितिको बैठकले सार्जजानिक खरिद अनुगमन कार्यालयलाई १० दिनभित्रसंशोधान मस्यौदा समितिमा पेस गर्न दिर्नेशन समेत दिएको छ ।

 समितिले सार्वजानिक खरिदसँग सम्बद्ध मन्त्रालयहरुसँग परामर्श गरी मस्यौदा तयार गर्न निर्देशन छ । विद्यमान ऐनमा काममा लापरवाही गर्ने डिजाइनकर्ता, सुपरभाइजर र निर्माण व्यवसायीहरु माथि कारवाही गर्ने प्रभावकारी व्यवस्थासहितको मस्यौदा तयार गर्नुपर्ने समितिको निर्देशन छ ।

 सार्वजनिक खरिद तथा निर्माणका क्षेत्रमा ठेकेदारले ठेक्का प्राप्त गरेपछि निर्माण पेश्की लिई लामो समयसम्म काम सम्पन्न नगर्ने र सम्पन्न पश्चात पनि गुणस्तरीय निर्माण नभएको समितिको ठहर छ । सार्वजानिक खरिद ऐन संसोधनको चौतर्फी माग उठ्दै आएको थियो ।

No comments: