September 3 काठमाडौं ।
बुधबार स्थानिय बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलाको ५२ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार सुन ५३ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो । पछिल्ला दिनहरुमा सुनको भाउमा उतारचढाव जारी रहेको छ । भदौ २ गतेदेखि स्थिर रहेको चाँदीको भाउमा पनि बुधबार सामान्य गिरावट आएको छ । महासंघका अनुसार बुधबार चाँदी तोलाको ७ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि चाँदी तोलाको ८ सय रुपैयाँमा किनबेच हुँदै आएको थियो ।
No comments:
Post a Comment