September 10
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले पैसा ब्याक नामक नयाँ योजना ल्याएको छ । यस योजनामा ग्राहकले प्रत्येक दिन निश्चित रकम बराबरको मेन व्यालेन्स प्रयोग गर्दा त्यति नै रकम बराबरको बोनस व्यालेन्स प्राप्त गर्नेछन् ।
Ncell-Tower
चाडपर्वको अवसरमा आफ्ना ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यले ल्याएको यो योजना बिहीबारदेखि शुरु भई ८ हप्तासम्म लागु हुने कम्पनीले जानकारी दिएको छ । एनसेलका सम्पूर्ण प्रिपेड तथा पोष्टपेड ग्राहकले १७११९ मा डायल गरि यो योजनामा निःशुल्क सहभागी भई लाभ लिन सक्ने बताइएको छ ।
ग्राहकहरुले बोनस प्राप्त गर्न आफुले प्रयोग गर्नुपर्ने रकमको जानकारी समेत प्राप्त गर्नेछन् । उक्त रकम बराबरको मेन व्यालेन्स प्रयोग हुने बितिक्कै सोहि बराबरको वोनस व्यालेन्स तत्काल पाउने कम्पनीले जनाएको छ ।
यसरी प्राप्त बोनस व्यालेन्सलाई ग्राहकले एनसेलको कुनै पनि नम्बरमा कल गर्न, एसएमएस, एमएमएस पठाउन र ईन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार बोनस दिनमा एक पटक प्राप्त हुनेछ र ग्राहकले उक्त बोनस त्यहि राति १२ बजेभित्र प्रयोग गर्नुपर्ने छ ।
भोलिपल्ट पुनः तोकिएको रकम बराबरको मेन व्यालेन्स प्रयोग हुँदा ग्राहकले फेरि सोहि रकम बराबरको बोनस प्राप्त गर्नेछन् ।
‘चाडपर्वको मौसममा हामी आफ्ना आफन्तजन, साथीभाईसँग बढी भन्दा बढी सम्पर्कमा रहन चाहन्छौं । ग्राहकको यहि चाहनालाई कदर गर्दै एनसेलले यो रोचक योजना ल्याएको हो ।
यसले ग्राहकलाई थप मूल्य प्रदान गर्दै आफ्ना पि्रयजनसँग अझ बढी सम्पर्कमा रहन सहज बनाउने छ’ एनसेलकी कर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालाले भनिन् ।

No comments:
Post a Comment