Monday, September 8, 2014

नेपाल र फिलिपिन्सबीच कतारमा मैत्रीपूर्ण खेल हुँदै

September 8
दोहा । नेपाल र फिलिपिन्सबीच आगामी सेप्टेम्बर १२ तारिखमा कतारमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । कतारको प्रसिद्ध अल अहली क्लवसंगको सहकार्यमा चितवन युवा समूहको आयोजनामा मैत्रीपूर्ण खेल हुने भएको हो ।

 कार्यक्रममा कतारका स्थानीय कलाकारहरुको प्रस्तुतीको साथै विभिन्न आकर्षक पुरस्कारहरुको पनि व्यवस्था गरिएकोे चितवन युवा समूहका अध्यक्ष भूमिराज कार्कीले बताए । दर्शकहरुको थप आकर्षणको लागि ल्यापटप, माइक्रोओभन, मोबाइल र हातेघडीहरु पुरस्कार समेत राखिएको अल अहली क्लव आयोजना प्रमुख रामहरि गैरेले जानकारी दिए ।

 सेप्टेबर १२ तारिखका दिन कतारको समयानुसार साँझ ६.३० बजेबाट सुरु हुने मैत्रीपूर्ण खेल हेर्न टाढाबाट आउने फुटबल प्रेमी तथा संगीतप्रेमी दर्शकहरुको लागि यातायातको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

No comments: