Monday, September 8, 2014

आखिरिमा खुल्यो कार्यलय - बाबुराम पक्ष रोकिएनन

September 8
गोरखा । एमाओवादी नेता बाबुराम भट्टराईको गृह जिल्ला गोरखामा उनी पक्षले छुट्टै पार्टी कार्यालय सञ्चालनमा ल्याएका छन् । आफूलाई संस्थापन एमाओवादी दाबी गर्दै भट्टराई विचार समूहले हरमटारीस्थित जिविसचोक अगाडि पार्टी कार्यालय सञ्चालनमा ल्याएका हुन् ।

 निषेधको राजनीति गरेको भन्दै भट्टराई समूहले छुट्टै समूह बनाएको थियो । भट्टराईले संविधानसभा निर्वाचनमा गोरखा क्षेत्र नं १ बाट विजयी हासिल गरेपछि संविधानसभा सदस्यको कार्यालयको नामले छुट्टै कार्यालय सञ्चालनमा थियो ।

 भट्टराई समूहले संविधानसभा सदस्यको सम्पर्क कार्यालय लेखेको बोर्डभन्दा माथि पार्टी कार्यालय लेखेर बोर्ड झुन्डयाएको छ । ‘छुट्टै पहिचान दिन पार्टी कार्यालय खोलेका हौं’ भट्टराई विचार समूहका सचिव रमेश पोखरेलले भने -‘गोरखाको आवश्यकताको आधारमा पार्टी कार्यालय खोलियो ।’

 पोखरेललाई पचण्ड पक्षले भने समानान्तर कमिटी बनाएको भन्दै साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरिसकेको छ ।

No comments: