September 8
काठमाडौं । एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले फरक बिचार राख्नासाथ घोक्र्याएर पार्टीबाट निकाल्ने प्रवृत्ति माओवादी आन्दोलनमा अहिले पनि कायमै रहेको स्वीकारेका छन् ।

फाइल फोटो फाइल फोटो माओवादी जनयुद्धमा ज्यान गुमाउने सबैभन्दा माथिल्लो नेता सुरेश वाग्लेको स्मृतिमा सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यो प्रवृत्तिले विरोधी शक्तिलाई मात्रै फाइदा पुगेको बताए । नेकपा माओवादीका केन्द्रीय सदस्य अनिल शर्मा बिरहीलाई रामबहादुर थापा बादलले कारवाही गरेकै दिन एमाओवादी अध्यक्ष प्रचण्डले विगतमा आफूबाट पनि यस्ता गल्ती भएको स्वीकार गरे ।
प्रचण्डले भने-‘विगतमा हामी पनि अतिवादी भयौं, जसका कारण पार्टीलाई विभाजनको चरणसम्म पुर्यायो । फरक मत राख्ने वित्तिकै निषेध गर्ने ढंगले जाँदा जनताका दुश्मनलाई फाइदा पुग्यो ।’ प्रचण्डले विभाजित पार्टीलाई अब नयाँ विचारका आधारमा एकतावद्ध गरी एउटै केन्द्र बनाउन आफू लागेको बताए ।
संसदमा विपक्षी दलको नेतासमेत रहेका प्रचण्डले कांग्रेस एमालेले १२ बुँदे समझदारी, शान्ति सम्झौता र अन्तरिम संविधानको घेरा तोड्न लागेको बताए । उनले आफूहरु त्यो घेराभित्रै रहेर प्रगतिशील संविधान बनाउने पक्षमा रहेको भन्दै सडक र सदनमा संघर्ष गरेर भने पनि कांग्रेस एमालेलाई त्यही घेराभित्र ल्याउने दृढता व्यक्त गरे ।
पार्टी विभाजनका कारण चुनाव हार्नुपरेको भन्दै प्रचण्डले भने-‘हामी आफ्नै मनोनगत कारणले पनि हार्यौं, बाबुरामजी र म चिप्लिएकै हौं । जनताका एजेण्डा लिएर जाँदा जितिन्छ भन्ने थियो सकिएन ।
’ नेकपा-माओवादीका तत्कालीन पोलिटब्यूरो सदस्य सुरेश वाग्ले बासुको तत्कालीन सुरक्षा फौजको कारवाहीमा गोरखामा ०५६ मा मृत्यु भएको थियो । माओवादी जनयुद्धका क्रममा ज्यान गुमाउने वाग्ले सबैभन्दा माथिल्लो स्तरका नेता हुन् ।

No comments:
Post a Comment