September 8
काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै माफी मागेका छन् । कोइराला क्यान्सरको उपचार गरी फर्किएको लामो समयपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए ।
बीपी कोइराला स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा कोइरालाले दुई हात जोडेर भने-मैले स्वास्थ्यको समेत परवाह नगरी कसरी संविधान बनाउने भन्नेमा ध्यान केन्दि्रत गरेको छु ।
यसले गर्दा गर्नु पर्ने कतिपय काम गर्न नसकेकोमा माफी चाहन्छु ।’ प्रधानमन्त्री कोइरालाले आफू जस्तो सुकै सम्झौता गरेर पदमा बसिनरहेको भन्दै जुन दिन काम गर्न सक्दिन भन्ने लाग्छ त्यही दिन छोडिदिने बताए ।
संघीयतासहितका विषयमा पर्याप्त छलफल भइसकेको भन्दै उनले दलहरुबीच सहमति नभए प्रक्रियामा लगेर भएपनि विवादित विषय टुङ्गो लगाउनु पर्ने बताए ।

No comments:
Post a Comment