September 3 बुधवार
राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले फरक पृथकपृथक विषयलाई प्राथमिकता दिएर छापेका छन् ।
कारोबार दैनिकले
‘कारबाहीबाट जोगिन मर्जर निवेदन’ शीर्षकमा मुख्य खबर छापेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन नसक्ने बैंक वा वित्तीय संस्थाले कारबाहीबाट जोगिन मर्जरका लागि निवेदन दिन थालेका छन् ।

राष्ट्र बैंकले चुक्ता पुँजी नपुगेका संस्थालाई शाखा विस्तार, नगद लाभांश वितरण, सीमा भन्दा बढी निक्षेप संकलन र कर्जा लगानीमा रोक लगाउने निर्णय गरेपछि उनीहरु मर्जरको विकल्पमा पुगेका हुन् ।
यस्तै, पश्चिम सेतीमा सीडब्ल्यूईले माग्यो बजार सुनिश्चिता, भीओआईपी नियन्त्रण गर्न सिमकार्ड अनुगमन, एक जनालाई एउटा मात्रै सामाजिक सुरक्षा भत्ता, कोरियामा नेपाली कामदार २५ प्रतिशत बढ्ने, ठेक्का नपाउँनेले उजुरी गरेपछि तनहुँ आयोजना अन्यौलमा लगायतको खबर कारोबार दैनिकमा छ ।
आर्थिक दैनिकले
‘कलंकी नाकामा किराना पसलेद्वारा ब्रम्हलुट यात्रुसँग दोब्बर रकम असुली’ शीर्षकमा मुख्य खबर छापेको छ ।

लामो दूरीका सार्वजनिक बसहरु बाहिरिने मुख्य नाका कलंकीका किराना ब्यवसायीहरु दैनिक हजारौं यात्रुसँग दोब्बर भन्दा बढी मूल्य असुली गरिरहेका छन् । लामो दूरीबाट राजधानी प्रवेश गरेका यात्रुलाई ट्याक्सीमा समेत ब्यापक ठगी हुने गरेको छ ।
यस्तै, बैंकिङ् कसुरका फरार अभियुक्त ध्वजुद्वय कालोसूचीमा, नेपालको विद्युत उत्पादनमा भारतलाई विशेष अधिकार नदिइने, न्यूरो कार्डियो अस्पतालले मापदण्ड पुरा गरेन लागायतको खबर आर्थिक दैनिकमा छ ।
नागरिक दैनिकले
‘जलस्रोतका मुद्दा छुटाएर पीटीए’ शीर्षकमा मुख्य खबर छापेको छ । समग्र जलस्रोत विकास र पानी उपयोगको बुँदा छट्याएर विद्युत ब्यापार सम्झौता (पीटीए) गर्न भारत तयार भएको छ ।

यसैगरी अर्बमा राजस्व तिर्ने दर्जन भन्दा बढी, निगमले बढेकेा हवाई भाडा घटायो, नाडा अटो शो आजदेखि लगायतको खबर नागरिक दैनिकमा छ ।
अन्नपूर्ण पोष्टले
‘विमानस्थल ऋणभार यात्रुमाथि’ शीर्षकमा मुख्य खब प्रकाशित गरेको छ । नेपाल नागरिक उड्डेयन प्राधिरकणले विमानस्थल निर्माण तथा सुधारको लागि लिएको ऋणको सावाँब्याज भुक्तानी गर्न यात्रु मार्फत शुल्क असुल्न सुरु गरेको छ ।

यस्तै, मन्त्रीपरिषदद्वारा उर्जासचिवलाई विद्युत ब्यापार सम्झौता अख्तियारी, क्रसर सञ्चालनपूर्व नवीकरण गर्नुपर्ने लगायतको खबर अन्नपूर्ण पोष्टमा छ ।
No comments:
Post a Comment