September 20:
पूर्व राजा ज्ञानेन्द्र शाह हृदयाघात भएपछि अस्पताल भर्ना भएका छन्। शनिबार राति करिब साढे १० बजे राजधानीको नर्भिक अस्पताल भर्ना भएका पूर्वराजा शाह अहिले खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
अस्पातलले कुनै आधिकारिक जानकारी नदिएपनि उनलाई अहिले बेडमा सारिएको अस्पताल स्रोतले बताएको छ। ‘उहाँलाई राति करिब साढे १० बजेतिर अस्पताल ल्याइएको हो, अहिले बेडमा हुनुहुन्छ’, अस्पतालका एक डाक्टरले सेतोपाटीलाई भने, ‘उहाँ अहिले खतरामुक्त अवस्थामा हुनुहुन्छ।'
No comments:
Post a Comment