September 10
डीभीडीमा सार्वजनिक नभएका नेपाली चलचित्रको पाइरेसी गर्ने ४ जनालाई प्रहरीले राजधानीको नयाँ बसपार्कबाट पक्राउ गरेको छ ।

उनीहरुको साथबाट पाइरेसीका लागि प्रयोग भएका कम्यूटर, मोबाइल, डीभीडी लगायतका उपकरण पनि जफत गरेको छ । डाउनलोड नेपाल संस्थाको विशेष सक्रियतामा प्रहरीले नयाँ बसपार्क क्षेत्रका विभिन्न स्थानमा छापा मारेको थियो ।
त्रिवेणी म्यूजिक सेन्टर लगायतका स्थानमा प्रहरीले छापा मारेको हो । त्रिवेणी म्यूजिक संचालन गर्दै आएका टंकप्रसाद न्यौपाने, उनकी पत्नीलाई पक्राउ गरि महाराजगञ्ज प्रहरी बृत्तमा राखिएको छ ।
पाइरेसीमा पर्ने सिनेमाहरुमा ‘होस्टेल’, ‘छ एकान छ’, ‘नाई नभन्नु ल २’ लगायतका छन् ।
डीभीडीमा सार्वजनिक नभएका सिनेमा पनि पाइरेसीमा परेका हुन् । साइराम पिक्चर्सका शमशेर श्रेष्ठका अनुसार उनीहरुलाई कानुनी कारवाही गर्ने तयारी गरिएको छ ।

No comments:
Post a Comment