September 3 काठमाडौं ।
हिमालयन बैंक कर्मचारी संघले बाँकेका बाढी पीडितलाई राहतस्वरुप दुई लाख पचास हजार रुपैयाँ बराबरको खाद्य सामाग्री वितरण गरेको छ । संघले बैंकमा कार्यरत कर्मचारीहरुसँग रकम संकलन गरी बाँकेको नौवस्ता गाविसका २ सय १९ पीडितलाई राहत वितरण गरेको हो । प्रतिपरिवार १५ किलो चामल, दुई किलो पिठो, दुई किलो दाल, एक किलो नुन र आधा लिटर तेल वितरण गरिएको संघले जनाएको छ । राहत वितरण समारोहमा संघका अध्यक्ष कुश कुमार ढकाल, सदस्य विनोद खतिवडा तथा क्षेत्रीय प्रबन्धक विजयराज बोहोरा, बाँके शाखाका कर्मचारीहरु र स्थानीयहरुको उपस्थिती थिए ।
No comments:
Post a Comment