Wednesday, September 10, 2014

उद्वारकोषमा सहयोग जारी

September 10
काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले बुधबार बिहान विभिन्न संस्थाहरुले दैवी प्रकोप उद्वार कोषमा प्रदान गरेको सहयोग रकम ग्रहण गरेका छन् ।

बुधबार बिहान एनआइसी एशिया बैंकका तर्फबाट ५ लाख ५१ हजार रुपैयाँको चेक बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र संघाइले प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे ।

 त्यस्तै, बुधबारै एनडीइपी बैंकका तर्फबाट अध्यक्ष सुवर्ण बहादुर बज्राचार्यले २ लाख ३६ हजार रुपैयाँ प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका छन् । बुटबल नेवाःसमाज समितिले ७५ हजार रुपैयाँ र चीनमा मेडिसिन अध्ययनरत विद्याथीहरुले ५७ हजार रुपैयाँ पनि प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण गरेका छन् ।

 प्रधानमन्त्री कोइरालाले दाताहरुले उदारतापूर्वक दिएको रकम दुरुपयोग हुन नदिन यसपटक विशेष सतर्कता अपनाइएको पनि बताए । उनले वास्तविक पीडितलाई सहयोग पुर्‍याउनको लागि सबैको सजगता आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।

No comments: