September 8
काठमाडौं । तीन महिनाको बीचमा आएको बाढी पहिरोमा परि २ सय ६० जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परि २ सय ५४ जना बेपत्ता भएको र उनीहरुलाई जीवित भेटाउन सम्भावना नरहेको सरकारले प्रष्ट पारेको छ ।व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको सोमवारको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले पेश गरेको विवरण अनुसार बाढी पहिरोमा पनिर ४२ जिल्लामा ५ सय जना भन्दा बढिको मानवीय क्षति भएको छ। बाढी पहिरोमा परि १ सय ६० घाइते भएका छन् । प्रधानमन्त्री कोइरालाले उपलव्ध गराएको सरकारी तथ्यांक अनुसार ८ हजार ४ सय ८८ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।
आंशिक क्षती भएका घरको संख्या २३ हजार भन्दा बढि छ । यस क्रममा ७ अर्ब ७८ करोड ८५ लाख ६७ हजार रुपैया बराबरको भौतिक क्षति भएको अनुमान सरकारको छ । समितिका सभापति शेरधन राईले बाढी पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण सरकारले उपलव्ध गराएको बताए । उनले विवरण हेरेपछि राहत नपुगेका ठाउमा उपलव्ध गराउन सरकारलाई निर्देशन दिने बताए ।
प्रधानमन्त्री साढे २ घण्टा समितिमा
समितिको बैठकमा प्रधानमन्त्री सुशील कोइराला र उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम पूरै समय अर्थात अढाइ घण्टा बसेर सभासदका कुरा सुनेका थिए । सभापति राईले भने-प्रधानमन्त्री विरामीको पर्वाह नगरि पूरै समय बसेर विवरण दिनुभयो र अरुका कुरा पनि सुन्नुभयो ।
’ सरकारले समितिलाई दिएको विवरण अनुसार हालसम्म बाढी पहिरो पीडितलाई नगद राहत- ६ करोड ७ लाख १८ हजार ५ सय २७ रुपैँया बितरण गरिएको छ । त्यस्तै खाद्यान राहत- ६ करोड १४ लाख ६० हजार रुपैंया बराबरको तिवरण गरिएको र गैर खाद्य लत्ता कपडा लगायतका सामार्गी ४ करोड ७५ लाख ८७ हजार ५ सय रुपैँयाको वितरण गरिएको सरकारले जनाएको छ ।
अब १ लाख ३२ हजार ५ सय जनालाई दश दिनलाई खान पुग्ने खाद्यान्न राहत रहेको जानकारी प्रधानमन्त्रीले गराएका छन् । त्यस्तै लत्ता कपडाका लागि राहत- ११ करोड २६ लाख १० हजार रुपैयाको जिल्लामा निकासा भइसकेको छ ।
प्रधानमन्त्री कोषमा ३४ करोड
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा भदौ १९ गतेसम्म प्राप्त ३४ करोड २८ लाख रुपैया नगद रकम रहेको छ । यो रकम बिभिन्न व्यक्ति र संस्थाबाट प्राप्त भएको प्रधानमन्त्रीले जानकारी दिए । राहतका लागि गृहमन्त्रालय मार्फत दुई पटक गरि २६ करोड २६ लाख निकासा भएको जानकारी समेत आएको सभापति राईले घटना र बिचार.कमलाई बताए ।
No comments:
Post a Comment