Monday, September 8, 2014

एसएलसी पुरकमा अनुत्तिर्ण भएपछि छात्राद्वारा आत्महत्या

September 8
पाल्पा । एसएलसीको पुरक परीक्षामा अनुत्तीर्ण भएपछि पाल्पामा एक छात्राले आत्महत्या गरेकी छिन् ।
बराङ्दी गाविस-९ ढापखोलाकी १९ वर्षीया तेलना बस्यालले गणित विषयमा अनुत्तीर्ण भएपछि आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
एसएलसीको नतिजा सार्वजनिक भए पछि बारीमा घाँस काट्न गएकी बस्यालले रुखमा पासो लगाइ झुन्डिएर आत्महत्या गरेको प्रहरीको भनाइ छ ।
 बस्यालले गत वर्ष पनि एसएलसी परीक्षामा सहभागी हुन नपाएको स्थानीयको भनाइ छ । रासस

No comments: