Friday, September 12, 2014

प्रेम राजा महत आयरल्याण्ड आउदै

September 12
गंगाराम कंडेल/आयरल्याण्ड :- नेपालको सस्कृति र पर्यटन प्रबर्धन गर्ने उदेश्य बोकेर डब्लिनको फोनिक्स पार्कमा यहि सेप्टेम्बर २१ मा नेपाली मेलाको आयोजना हुदैछ | उक्त कार्यक्रममा नेपाली प्राकृतिक, सास्कृतिक र सामाजिक परिदृश्य झल्काउने तस्बिर प्रदर्शन साथै नेपाली संगीत, नृत्यहरु, विभिन्न हस्तकलाको सामग्रीहरुको स्टलहरु समाबेस गरिनेछ |nepali
नेपाल आयरल्याण्ड समाज र एन आर एन आयरल्याण्डको संयुक्त पहलमा हुन लागेको उक्त कार्यक्रममा नेपालका लोकसंगीतका श्रष्ठा तथा हाल अमेरिकाको मेरिल्याण्ड राज्यका नेपाली महाबाणिज्य दूत प्रेम राजा महत अतिथिको रुपमा आउदैहुनुहुन्छ | उक्त मेलामा प्रेमराजा महत ज्युले सदा झैँ नेपाली कला र सास्कृत झल्काउने गीतहरु प्रतुत गर्ने कार्यक्रम पनि समावेश गरिएको छ |
नेपालको महान चाड दशैँको प्रांगण रहेको अवशर भएका हुनाले आयरल्याण्ड बाशी नेपालीहरुले प्रेमराजा महत ज्युसंग सगै नाच्ने गाउने र एकआपसमा शुभकामना आदानप्रदान गर्ने उदेस्यले “प्रेमराजा महत साँझ”को आयोजना पनि गर्ने कार्यक्रम राखेका छन् | उक्त प्रेमराजा महत साँझ, डब्लिनको Radission Blue Hotel मा २१ तारिक सेप्टेम्बर को साँझमा आयोजना हुदैछ |

No comments: