September 7
काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चिनियाँ जहाज १८ दिनपछि बल्ल उडेको छ। यो जहाज गत साउन ३० देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' थियो। त्रिभुवन विमानस्थलमा १८ दिन थन्किएको उक्त जहाजलाई निगम व्यवस्थापनले प्राविधिक कारण नभई पाइलट नभएका कारण उडाउन सकेको थिएन।
बल्लबल्ल भदौ १९ मा जहाज उड्न सकेको हो। प्राविधिक समस्या आएर ग्राउन्डेड भएको ५६ सिट क्षमतायुक्त निगमको 'मोडर्न आर्क' (एमए–६०) जहाज मर्मतपछि चालु हालतमा आए पनि क्याप्टेन (पाइलट) नभएपछि उडेको थिएन। यो जहाजको 'हाइड्रोलिक आयल' प्रणालीमा समस्या आएपछि थन्किएको थियो। 'एमए–६० उड्न थालेको छ, टिकट बुकिङ पनि राम्रो छ,' सम्बद्ध अधिकारीले शनिबार नागरिकसँग भने, 'विराटनगरका लागि जहाजको सिट भराइ दर (अकुपेन्सी) सतप्रतिशत हाराहारी छ। भैरहवा सेक्टरका लागि भने विस्तारै बढिरहेको छ।'
उनका अनुसार लाओसबाट आएका क्याप्टेन नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्रमाणित भएपछि उनैको कमान्डमा '९एन–एकेक्यु' कलसाइन भएको एमए–६० उड्न थालेको हो। यो जहाज उडाउन सुरुमा चीनबाट आएका क्याप्टेन पाम चि भदौ १२ मा चिन फर्किएपछि चालु हालतको जहाज उडाउन समस्या भएको थियो। नयाँ क्याप्टेन पनि बढीमा दुई महिनासम्म बस्छन्। दुई महिनापछि भने निगममै कार्यतर क्याप्टेन र को–पाइलटले एमए–६० उडाउँछन्।
जहाज उड्न थालेपछि निगमले गन्तव्य थप्ने तयारी पनि गरिरहेको छ। अहिले विराटनगर र भैरहवाका लागि आइतबारबाहेक ६ दिन एक–एक उडान गरिरहेको निगमले केही दिनभित्र धनगढी, भद्रपुर वा नेपालगन्जमध्ये दुई गन्तव्यमा एमए–६० उडाउने योजना बनाएको छ। एमए–६० यसअघि पनि दुई पटक ग्राउन्डेड भएको थियो।
गत असार ७ बाट नियमित व्यापारिक उडान सुरु गरेको यो जहाजको एउटा पखेटामा असार १६ गते चरा ठोक्किएपछि पहिलोपल्ट ग्राउन्डेड भएको थियो। मर्मतपछि असार ३० बाट उडान गर्न थालेको दुई दिनमै राडारमा समस्या उत्पन्न भएपछि फेरि ग्राउन्डेड भएको थियो।
पुनः मर्मतपछि साउन ६ बाट यसले नियमित उडान गरिरहेको थियो। त्यसपछि साउन ३० मा तेस्रो पटक जहाज ग्राउन्डेड भएको थियो।

No comments:
Post a Comment