Sunday, September 7, 2014

म पूर्ण फिट छैन:विमल

September 7
बैंकक-नियमित कप्तान विमल घर्तीमगरले आफू पूर्ण फिट नभएको बताएका छन्। शनिबार सामान्य अभ्यास गरेका विमलले भने, 'म पूर्ण फिट छैन। कुवेतविरुद्ध खेल्न सक्छु कि।
म पूर्ण फिट छैन:विमल
 हाम्रो लक्ष्य यु–१७ विश्वकप खेल्ने हो। त्यसका लागि सबैले मिहिनेत गरेका छन्। मैले पनि सक्दो प्रयास गर्नेछु।' उज्वेकिस्तानविरुद्ध आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने उनको विश्वास छ। उनले भने, 'पहिलो खेलमा म नभए पनि मेरो टोलीले जित पाउनेछ। टिमवर्कले गर्दा नै हामी च्याम्पियनसिपको फाइनल चरणसम्म आइपुगेका हौं।

हामीले विगतभन्दा अझ राम्रो स्तरको खेल्न सक्नुपर्छ।' काठमाडौंमा सम्पन्न एएफसी यु–१६ च्याम्पियनसिपअन्तर्गत विमलले बहराइन र तुर्कमेनिस्तानसँगको खेलमा पहेँलो कार्ड पाएका थिए।

 बेल्जियमको एन्डरलेक क्लबमा एक वर्षलाई अनुबन्धित विमल थाइल्यान्डसँगको मैत्रीपुर्ण खेलमा घाइते हुन पुगेका थिए। उनी १० दिनअघि नेपाल आएका हुन्।

थाइल्यान्डले सुरुआतमै अग्रता लिएको अवस्थामा विमल १०औं मिनेटमा बराबरी गोल फर्काएपछि घाइते भएका थिए। गोल गर्नेक्रममा विमलको बायाँ खुट्टामा थाई रक्षकले फाउल हानेका थिए।

खुट्टामा चोट लागेपछि विमल एक सातायता प्रशिक्षणमा छैनन्। उनलाई शनिबार टोलीका सहायक प्रशिक्षक सुनील श्रेष्ठले लाइट ट्रेनिङ गराए। नेपाली टोलीका व्यवस्थापक दिनेश व्यञ्जनकारले विमलको चोट निको हुँदै गएको बताए।

No comments: