September 17
एक्काइसौँ शताब्दीमा आएर पनि दलित भएकै कारण डेरा नपाएको सुन्दा अचम्म लाग्न सक्न सक्छ तर जाजरकोटको एक गाउँमा त्यस्तै भएको छ त्यो पनि शिक्षकमाथि। साउन महिनामा नयाँ नियुक्ति लिएर जिल्लाको पूर्वी क्षेत्रमा पर्ने थालारैकर–७ स्थित खड्ग देवी मावि लुटपाखामा कार्यरत शिक्षक शिवलाल नेपालीले दलित भएकै कारण बस्ने डेरा नपाएका हुन्। दलित भएकै कारण डेरा नपाएकाले दैनिक ८ घण्टा हिँडेर विद्यालयमा आउने/जाने गर्नु परेको शिक्षक शिवलालले जिल्ला शिक्षा कार्यालयमा आएर दुखेसो पोख्नुभयो।
लुटपाखाबाट शिक्षक शिवलालको घर ४ घण्टा टाढा रहेको छ। विद्यालयमा सबै अन्य शिक्षक कथित माथिल्लो जातको भएका कारण आफूले दिएको पानीसमेत नखाने गरेको उनको गुनासो छ। आफू दलित भए पनि योग्यता र क्षमताले गर्दा सो माविमा स्थायी नियुक्ति लिएर निमित्त प्रधानाध्यापक भएको र हामी दलितलाई निमित्त प्रअ स्वीकार गर्दैनौ भन्दै पठनपाठनमा समेत असर पुर्याइरहेको शिवलालको भनाइ छ।
आफूलाई बस्न असजिलो भएको भन्दै अन्यत्र सरुवा गरिदिनसमेत जिल्ला शिक्षा अधिकारीसमक्ष अनुरोध गरेको उनले बताए। सो क्षेत्रका आरपी ईन्द्र आर सीले भने, 'त्यहाँको वातावरण नै त्यस्तै छ पढेलेखेका युवा भए पनि आफ्नो पुरानो कुरा छोड्दैनन् जसरी भए पनि काम त गर्नैपर्यो।' जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले समाज परिवर्तन गर्न आफैँ डटेर लाग्नुपर्ने बताए। जहाँ समस्या हुन्छ त्यहाँ उपायसमेत हुने भन्दै सकारात्मक सोच र विचारका साथ अगाडि बढ्न सकेमात्र त्यसको फल मीठो हुने श्रेष्ठको भनाइ छ।

No comments:
Post a Comment