Monday, September 8, 2014

फुटबलमा रेफ्रीको निर्णयलाई प्रशिक्षकले चुनौती दिन सक्ने

September 8
काठमाडौं । फिफाले फुटबल प्रशिक्षकलाई रेफ्रीको निर्णयविरुद्ध चुनौती दिने मौका दिने भएको छ । फिफा अध्यक्ष सेप ब्लाटरले खेल रोकिएको समयमा रेफ्रीको निर्णयमाथि प्रश्न उठाउन दिने बताए ।
seep-Blatter
 ७८ वर्षका ब्लाटरले भने-‘उनीहरुलाई यो अधिकार ब्रेकमा हुनेछ । रेफ्रीको निर्णयमा प्रश्न गर्न दुई वा एक पटक दिइनेछ तर, खेल रोकिएको समयमा मात्र ।’ रेफ्रीको निर्णयमा प्रश्न उठे टेलिभिजन मोनिटरमा रिप्ले गरेर हेरिनेछ र रेफ्रीले निर्णय परिर्वतन गर्न सक्नेछ ।

 तर, यो फिफाको प्रतियोगिता वा टीभी मोनिटर जडान भएको खेलमा मात्र हुनेछ । यसको परिक्षण आगामी वर्ष हुने बताइएको छ । फिफाले उमेर समूहका खेलमा यसको परीक्षण गर्न सक्नेछ । फिफा अध्यक्ष ब्लाटरले फेरि अध्यक्षमा उठ्ने संकेत गरेका छन् ।

यसको घोषणा सेप्टेम्बर २५ र २६ मा बस्ने कार्यसमिति बैठकमा हुनेछ । उनले भनेका छन्-‘मेरो मिसन अन्त्य भएको छैन ।’ साओपाओलोमा भएको फिफा कंग्रेसमा बहुमत सदस्यहरुले आफूलाई अघि बढ्न भनेको उनको दावी छ । फिफाको चुनाव जनवरी २०१५ मा हुनेछ ।

No comments: