September 11
दिल्ली– भारतमा एउटा अमानवीय घटना सार्वजनिक भएको छ । एकजना किशोरीले पङ्खामा झुण्डिएर आत्महत्या गरेकी छिन् र सुसाइड नोटमा आफ्नो प्रेमी र भिनाजुमाथि बलात्कारको आरोप लगाएकी छिन् ।
पुलिसले आरोपी दुबैजनालाई बलात्कार र आत्महत्या गर्न बाध्य बनाएको आरोपमा पक्राउ गरेको छ र उचित छानविन पनि अघि बढाएको बताएको छ । पुलिसका अनुसार, १७ वर्षीया मृत बालिका आफ्नो परिवारसँग बस्ने गर्दथिन् र उनी एउटा कलेजमा बि.कम प्रथम वर्षमा अध्ययन गर्दथिन् ।

किशोरीले लेखेको सुसाइड नोटका अनुसार उनीसँग दुईपटक बलात्कार भएको थियो । सन् २०१२ मा उनको पहिलो बलात्कार त्यतिबेला भयो जब उनी आफ्नी दिदीको विवाहको लागि युपी गएकी थिइन् । दिदीको विवाह हुने ठिक एकदिन अगाडि उनलाई हुन लागेका भिनाजुले बलात्कार गरेका थिए । त्यति बेला उनी १४ वर्षको थिइन् र दिदीको घरबार टुट्ने डरले उनले यो कुरा घरका कुनै पनि सदस्यलाई नबताएको उनले चिट्ठीमा उल्लेख गरेकी छिन् ।
यतिमात्र नभई, उनीमाथि अर्को एक बलात्कार पनि भएको थियो । उनको सुसाइड नोटका अनुसार कलेजमा पढ्दै गर्दा उनको एकजना प्रेमी बने । ती प्रेमीले उनलाई विवाहको प्रलोभन देखाई उनीसँग बलात्कार गरे जसका कारण उनी निकै दुखी भएको र यस्तो कदम उठाउन बाध्य भएको बताएकी छिन् । चिट्ठीको आधारमा पुलिसले ती किशोरीको प्रेमी र भिनाजुलाई पक्राउ गरेको छ । घटनाका कारण किशोरीको परिवार निकै विक्षिप्त भएका छन् । (एजेन्सी)

No comments:
Post a Comment