Tuesday, September 9, 2014

बेलायती राजकुमारी केट फेरि गर्भवती, प्रधानमन्त्रीले ट्वीट गर्दै खुसी मनाए

September 9
बेलायती राजदरवारले राजकुमारी केट मिडलटन फेरि गर्भवती भएको घोषणा गरेको छ । यो उनको दोस्रो बच्चा हुनेछ । केट र प्रिन्स विलियमका पहिलो सन्तानको नाम प्रिन्स जर्ज राखिएको छ । यो खबरले महारानी र परिवारका सदस्यहरु निकै खुसी रहेको शाही प्यालेसले जनाएको छ । बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले पनि ट्वीट गरेर खुसी व्यक्त गरेका छन् ।prince-kate-midolton
 गर्भवती भएका कारण केटको स्वास्थ्यमा केही समस्या देखिएको छ । तर, डाक्टरहरुले उनको स्वास्थ्य परीक्षण गरिरहेका बीबीसीले जनाएको छ । केट र विलियमले अक्सफोर्ड जाने पूर्व निर्धारित कार्यक्रम समेत स्थगित गरेा छन् । प्रिन्स जर्ज उनीहरुको पहिलो सन्तान हुन् । दुई महिना अघि मात्र उनको पहिलो जन्मदिन मनाइएको थियो ।

No comments: