Wednesday, September 3, 2014

बैंकहरुमा एक अर्ब निक्षेप राख्दै राष्ट्र बैंक

September 3 काठमडौं ।
 नेपाल राष्ट्र बैंकले एक वर्षे मुद्दति खातामा एक अर्ब ३ करोड ६१ लाख ५०ह जार रुपैयाँ निक्षेप राख्ने भएको छ । बुधबार राष्ट्र बैंकले निक्षेप लिने बैंक तथा वित्तीय संस्थाहरुलाई प्रस्ताव पेस गर्न आहृवान गरेको छ । राष्ट्र बैंकले पाँच प्रतिशतभन्दा कम खराब कर्जा भएका, १० प्रतिशतभन्दा कम पुँजी कोष भएका बैंक तथा वित्तीय संस्थाहरुमा मात्रै निक्षेप राख्छ । राष्ट्र बैंकले एक अर्ब तीन करोडमध्ये ८२ करोड ८९ लाख ५० हजार रुपैयाँ बाणिज्य बैंकमा राख्ने भएको छ । बाँकी रहेको रकम भने विकास बैंक र फाइनान्स कम्पनीमा राख्ने जनाएको छ।

No comments: