Thursday, September 4, 2014

बाढिबाट क्षतिग्रस्त ६ विद्यालय चौधरी ग्रुपले पुर्ननिर्माण गरिदिने

September 4
काठमाडौं । चौधरी ग्रुपले बर्दिया जिल्लामा बाढिका कारण क्षतिग्रस्त विद्यालयहरुको पुर्ननिर्माण गर्नुका साथै शैक्षिक सामाग्रीहरु उपलब्ध गराउने भएको छ । ग्रुपले ‘ज्ञानोदय बाढि पीडित विद्यालय पुर्ननिर्माण योजना’ मार्फत उक्त सहयोग गर्न लागेको हो । Binod-Chaudharyबाढीका कारण पूर्ण रुपमा क्षतिग्रस्त ६ वटा विद्यालयको पुनरनिर्माण गरिदिने र बाढिकै कारण सम्पूर्ण शैक्षिक सामाग्री गुमाएको वेलुवास्थित पृथ्वी निम्न माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री तथा पोशाकहरु उपलब्ध गराउने निर्णय गरेकाे ग्रुपका कर्पोरेट कम्युनिकेशन तथा पब्लिक रिलेसन महाप्रबन्धक मधुसूदन पौडेलले जानकारी दिए । पृथ्वी निम्न माविमा ७५ बालबालिकाले अध्ययन गर्छन् । उनीहरुलाई सहज वातावरणमा अध्ययन अगाडि बढाउन चौधरी ग्रुपले शैक्षिक सामाग्री र पोशाक उपलब्ध गराउन लागेको पाैडेलकाे भनार्इ छ । विद्यालय पुनरनिर्माण तथा विद्यार्थीका लागि शैक्षिक सामाग्री प्रदान गर्न तत्काल २० लाख रुपैयाँ उपलब्ध गराउने ग्रुपले जनाएको छ । बाढी पीडित विद्यार्थीले बिचैमा पढाई छोड्न नपरोस भन्ने चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको चाहाना अनुसार विद्यालय पुर्ननिर्माण तथा शैक्षिक सामग्री एवं पोशाक व्यवस्थापनमा यसपटकको सहयोग केन्द्रित गरेको बताइएको छ । ‘यति बेला हामी बाढि पीडित परिवारका विद्यार्थीहरुको भविष्य अन्धाकारतर्फ नधकेलियोस् भन्नेतर्फ सजग हुनु आवस्यक छ’ ग्रुपका अध्यक्ष चौधरीले भने- ‘यहि उदेश्यमा सहयोग पुर्‍याउन हामीले पहल लिएका हौं ।’ पीडितहरुले सकेसम्म छिटो राहत प्राप्त गर्न सकुन भन्ने उदेश्यले विद्यालय व्यवस्थापन समितिहरु र विद्यार्थीहरुलाई ग्रुपले प्रत्यक्ष रुपमा सहयोग उपलब्ध गराउने योजना बनाएको छ । जुन सहयोग रकम यथाशक्य चाँडो पिडितहरुले प्राप्त गर्ने व्यवस्था मिलाएको ग्रुपले जानकारी दिएको छ ।

No comments: