September 10
बेल्जियम । जननायक विश्वेश्वरप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा बीपी स्मृति प्रतिष्ठान बेल्जियमको आयोजनामा आन्त्रोपेन शहरमा बृहत साहित्य गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बीपी चिन्तन प्रतिष्ठानका केन्द्रीय अध्यक्ष हरिबोल भट्टराईले प्रजातान्त्रिक समाजबाद विश्वको भविष्यको लहर भएको भन्ने बीपीको भनाईलाई उद्धृत गर्दै बहुआयामिक व्यक्तित्वका धनी बीपी कोइरालाका राष्ट्रियता, प्रजातन्त्र र समाजबाद सम्वन्धि बिचारहरु केवल सैद्धान्तिक रुपमा उत्कृष्ट मात्र नभई आधुनिक मानव समाज निर्माणको लागी उत्तिकै व्यवहारिक र कालाजयी रहेको बताए ।
बिशिष्ठ अतिथि नेपाली दूतावास ब्रसेल्सका द्वितीय सचिव लक्ष्मण खनालले बीपी नेपाली साहित्य र राजनीतिका उज्ज्वल नक्षत्र रहेको बताए । बीपीका साहित्यकाबारेमा चर्चा गर्दै एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले बीपी कुनै दल बिशेषको नेता मात्र नभई बिशिष्ठ राजनेता भएको टिप्पणी गरे भने अनेसासका उपाध्यक्ष राजकुमार पुडासैनीले बीपीका साहित्यिक कृतिहरुको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरु क्रमश हरी पौडेल, बिमल गिरी, दिपेन्द्र केसी, ईन्द्र क्षेत्री, युवराज गुरुङ, सीता सापकोटा, डिल्लीराम अम्माई, किसन केसी, सूर्य ढकाल, बालकृष्ण कडेल, राजकुमार पुडासैनी, बिष्णु सापकोटा, इश्वरा शर्मालगायतका श्रष्टाहरुले बीपीका सन्दर्भमा लेखिएका सहित्यिक रचनाहरु वाचन गरेका थिए ।
गोष्ठीमा एनआरएन आईसीसी सदस्य शिवकुमार बडुवाल, आईसीसी सल्लहाकार यूवराज गुरुङ, एनआरएन नेदरल्याण्डका पूर्व अध्यक्ष हरी पौडेल, नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास जोशी, नेपाली जनप्रगतिशील मंचका चित्र सुवेदी, जनप्रगतिशील मोर्चाका अध्यक्ष प्रेम पाठक, नेपाली एकता समाजका अध्यक्ष बालकृष्ण कडेल, ईन्द्रधनुष क्लवका अध्यक्ष सुर्य ढकाल, क्षेत्री समाजका अध्यक्ष मोहन खत्री, नेपाल ब्रसेल्स मिलन केन्द्रका अध्यक्ष ईश्वरा शर्मा, नवलपरासी सहायता समाजका उपाध्यक्ष राम पुन, यूरो नेपाल खेलाडी संघका अध्यक्ष किसन केसी, व्यवसायी संघका अध्यक्ष हरी थपलिया लगायतको उपस्थिती थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले पठाएको शुभकामना संदेश बाचन गरिएको थियो ।
बेल्जियम सम्वादाता

No comments:
Post a Comment