Wednesday, September 17, 2014

सार्क बैठक आजदेखि सुरु

September 17
काठमाडौं । सार्क राष्ट्रका गृहमन्त्री, गृहसचिव र अध्यागमन अधिकारीहरूको छैठाँै बैठक बुधबारदेखि काठमाडौँमा सुरु हँदैछ । बुधबार सार्क अध्यागमन अधिकारीको बैठक बस्ने छ भने बिहीबार सार्क गृह सचिवस्तरीय बैठक बस्नेछ ।
Saarc
त्यस्तै शुक्रबार सार्क गृहमन्त्रीस्तरीय बैठक हुने गृह मन्त्रालयले जनाएको छ । सार्कका गृहमन्त्रीहरू, गृहसचिव र अध्यागमन अधिकारी सहभागी हुने उक्त बैठक सन् २००६ देखि नियमितरुपमा आयोजना हुँदै आएको छ । बैठकले यसअघिका सार्क शिखर सम्मेलनमा व्यक्त प्रतिबद्धताका विषयलाई प्राथमिकतामा राख्दै दक्षिण एसियामा आतङ्कवाद, लागुऔषध कारोबार, मानव बेचविखन तथा ओसारपसार, भ्रष्टाचार र विद्युतीय अपराध नियन्त्रणलगायत विषयमा छलफल गरी साझा प्रतिबद्धता व्यक्त गनेृछ ।

 बैठकमा सहभागी हुन सार्क राष्ट्रका गृहमन्त्री तथा सम्बन्धित पदाधिकारी नेपाल आउने क्रम जारी रहेको समेत मन्त्रालयले जनाएको छ । उक्त बैठक सफलतापूर्वक सम्पन्न गर्न गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव लक्ष्मीप्रसाद ढकालको संयोजकत्वमा तयारी समिति गठन भई तयारीका सम्पूर्ण कार्य पूरा भइसकेको मन्त्रालयले जनाएको छ ।

No comments: