September 17
पछौटेपन उन्मूलन समाज बेस पाल्पाद्वारा सञ्चालित जिल्लाका १११ वटा पुस्तकालय विद्यालयलाई हस्तान्तरण गरेको छ। विद्यार्थीहरुलाई अध्ययन गर्न रुचाउने बानीको विकास गर्ने उद्देश्यले जिल्लाका विद्यालयमा बेसले पुस्तकालय सञ्चालनमा ल्याएको थियो।
जिल्लाका ५५ प्रावि, २६ निमावि र ३० मावि पुस्तकालय स्थापना गरी विद्यालयका बालबालिकालाई अध्ययन गर्ने बानीको विकास गर्ने लक्ष्य रहेको बेस पाल्पाका संयोजक टेकबहादुर ढेगाले बताए। प्राविमा पुस्तकालय स्थापनाका लागि रु तीन लाख, निमाविमा रु चार र माविमा रु पाँच लाख प्रतिविद्यालयमा पुस्तकमा लगानी गरेको संयोजक ढेगाको भनाइ छ।
पुस्तकालयमा साना नानीबाबुका लागि कथावस्तुमा आधारित ज्ञानगुणका कुरा, पोस्टर, चित्रकला र पढ्ने बानी बसाल्ने खालका रमाइला अध्ययन साम्रगी रहेका छन्। निमावि र मावि तहका विद्यार्थीका लागि विद्यालयको पाठ्यक्रमसँग सम्बन्धित विषयवस्तु र अन्य रोचक जानकारीमूलक अध्ययन साम्रगी पुस्तकालयमा रहेको बेसले जनाएको छ। रासस

No comments:
Post a Comment