Monday, September 8, 2014

प्रेस युनियनको मतगणनामा बद्री सिग्देलको अग्रता तीन पदाधिकारी सहित अन्चल संयोजकहरु चुनिए

September 8
काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नयाँ नेतृत्वका लागि पोखरामा भएको निर्वाचनको मतगणना जारी रहेको छ ।

 पहिलो एक सय मत गणनामा बद्री सिग्देल अग्रस्थानमा रहेका छन् । शेरवहादुर देउवा पक्षधर सिग्देलले ४५ मत पाएका छन् भने सुशील कोइराला पक्षधर शिव लम्सालले ४० मत पाएका छन् । त्यस्तै महासचिवमा लम्साल प्यानलका अजयबाबु शिवाकोटीले ५० मत पाएका छन् भने अर्का उम्मेदवार होम लम्सालले २६ मत पाएका छन् ।

 महिला उपाध्यक्षमा बाला अधिकारी, उपमहासचिवमा सलोजा दाहाल र महिला सचिवमा दिपा आलो निर्विरोध निर्वाचित भएका छन् । अपांग कोटाबाट माधव चम्लागाई निर्विरोध भएका छन् ।

 त्यस्तै अन्चल संयोजकहरुको मतगणना पनि सकिएको छ । कोशीबाट उद्दव तिम्सिना, जनकपूरबाट अमन कोइराला, उपत्यकाबा निरज खतिवडा, प्रतिष्ठानबाट ठाकुर बेल्बासे, बागमतिबाट मुरारी अधिकारी निर्वाचित भएका छन् ।

 त्यस्तै गण्डकीबाट टंक अधिकारी, लुम्बिनीबाट माधव अर्याल, धौलागिरीबाट ज्ञानेन्द्र गौतम, महाकालीबाट हरिश भट्ट, सेतीबाट जगत साउद, राप्तीबाट केपी घिमिरे र भेरीबाट राजेन्द्र कार्की निर्वाचित भएका छन् ।

 अन्य पदको मतगणना जारी रहेको र साँझसम्म सबै मत परिणाम आइसक्ने महासचिवका उम्मेदवार अजयबाबु शिवाकोटीले जानकारी दिए ।

No comments: