September 21

अबुधावी । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधावीस्थित नेपाली दूतावासको कार्यालयले समयमै काम नगर्दा राहदानी नविकरणमा नेपालीहरुले समस्या भोग्नु परेको छ ।
अबुधावी । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधावीस्थित नेपाली दूतावासको कार्यालयले समयमै काम नगर्दा राहदानी नविकरणमा नेपालीहरुले समस्या भोग्नु परेको छ ।
राहदानी नविकरणका लागि महिनौं लगाई दिदा समस्या झेल्नु परेको यहाँका नेपालीहरुले गुनासो गरे । ‘हामी काम छाडेर कतिपटक दूतावास धाइरहने’, अबुधावीमा राहदानी नविरणका लागि आएका पाल्पाका लक्ष्मण खनालले भने-‘दूतावासले समयमै काम नगर्दा धेरैलाई समस्या भएको छ ।
राहदानी नविकरणका लागि दूतावासमा दैनिक चारसयको संख्यामा नेपालीहरुको लाम लाग्ने गरेका छन् । पासपोर्ट लिनको लागि घाममा लाइन लागेर बस्नु परेको पनि नेपालीहरुको गुनासो छ ।
दूतावासले भने राहदानी लिन आउनको लागि पटक पटक सूचना जारी गर्दा समेत लिन नआएको दावी गरेको छ । अबुधावीस्थित नेपाली दूतावासले भने अबुधावीबाट आवेदन फारम भरी राहधानी विभागबाट तयार भई आएका धेरै राहदानीहरु दूतावासमा रहेको भनी सूचना जारी गर्दा पनि लिन नआएको दूतावास कर्मचारीहरु बताउँछन् । सेवाग्रहीले समयमै दूतावासबाट सेवा नपाएको गुनासो गरिरहेका बेला दूतावासले भने सेवाग्रहीले समयमै राहदानी लिन नआउँदा राहदानी ब्यवस्थापनमा असजिलो हुने कर्मचारीको भनाई छ ।
रोजगारीको लागि आएका नेपालीहरुलाई सहज रुपमा पासपोर्ट उपलब्ध गराउँनकै लागि एनआरएन साउदीको सहयोगमा साउदी अरबमा पासपोर्ट सहजीकरण अभियान नै सञ्चालनमा आएको छ ।
No comments:
Post a Comment