September 10
काठमाडौं । गेब्रियल बारबोसन अलमिडालाई गाविगोल पनि भनिन्छ । गोल गर्ने उत्कृष्ट क्षमताका कारण उनलाई यो उपनाम दिइएको हो । ब्राजिलियन क्लब सान्तोसका नयाँ नेयमारको रुपमा हेरिएको उनी बार्सिलोना आउने चर्चा सुरु भएको छ ।

थुप्रै ब्रजिलियन सुपरस्टारकै बाटो पछ्याउँदै उनी सान्तोसबाट स्पेनिस क्याटलान बार्सीलोना आउन सक्ने स्पेनिस पत्रिकाहरुको दावी छ । सान्तोसका पूर्व स्टार नेयमारलाई भित्र्याउँदाको सम्झौताको अंशका रुपमा बार्सीलोनासँग १८ बर्षीय स्ट्राइकरलाई किन्ने अग्राधिकार समेत छ ।
१६ बर्षको उमेरमा नै प्रोफेसनल फुटबलमा डेब्यू गरेका गेब्रियलले सान्तोससँगको सम्झौता २०१५ मा सकिँदैछ । यस बर्ष १४ खेलमा उनले ५ गोल गरेका छन् भने तीन गोलका लागि पास मिलाएका छन् । जसका कारण उनलाई गाविगोल उपनाम दिइएको डेलिमेलले जनााएको छ ।
उसो त गेब्रियल स्वयंमले पनि बार्सिलोनाबाट खेल्ने आफ्नो सपना भएको बताइसकेका छन् । उनले भनेका थिए-‘कुनै दिन म बार्सिलानाको खेलाडी हुनेमा आशावादी छु । मैले फुटबल खेल्न सुरु गरेदेखि नै बार्सीलोनाबाट खेल्ने सपना बोकेको छु ।’ गेब्रियलको यो घोषणाले पनि युरोपका अन्य टप क्लबहरु उनको दोस्रो रोजाइमा परेको बुझिन्छ ।

No comments:
Post a Comment