Thursday, September 4, 2014

एसिडायमा नजाने राखेप सदस्य सचिव लामाको घोषणा

September 4
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य-सचिव युवराज लामाले एसियाडमा नजाने घोषणा गरेका छन् । लामाले सर्वोच्च अदालतको आदेशबाट पुनःस्थापित ६ जना अन्तर्राष्ट्रिय मान्यता प्राप्त भनिने नेपाल ओलम्पिक कमिटिको सिफारिसमा कहिंकतै भागलिन नजाने बताएका छन् । लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ-’दक्षिण कोरियाको इञ्चेनमा हुने १७ औं एसियन खेलकुदमा भाग लिनेे कानुनी र नैतिक आधार नभएकाले हामी ६ सदस्यहरु कोही पनि त्यस प्रतियोगितामा नजाने निर्णयमा पुगेका छौं ।’ आफ्नेा निर्णयले १७ औं एसियन खेलकुदमा कुनै पनि असर नपर्ने लामाले दावी गरेका छन् ।

No comments: