September 9
काठमाडौं । विश्वकप फुटबलको विर्सनलायक प्रदर्शनपछि स्पेनले पहिलो जित हात पारेको छ । युरो कप छनोट फुटबलमा स्पेनले मासेडोनियालाई ५–१ गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान भ्यालेन्सियामा भएको खेलमा स्पेनले १५ औं मिनेटमा सर्जिओ रामोसको पेनाल्टी गोलबाट अग्रा लिएको थियो । त्यसको दुई मिनेटपछि नै गार्सियाले अग्रता दोब्बर पारे ।
खेलको २८ औं मिनेटमा मासेडोनियाका लागि इब्रामीले गोल गरे । तर, पहिलो हाफको अन्तिममा बुस्केटले गोल गरेपछि स्पेन ३–१ को अग्रता लिन सफल भयो ।
५० ओं मिनेटमा डेभिड सिल्भाले गोल गरे भने अन्तिम मिनेटमा सिल्भाको पासमा पेड्रोले गोल गर्दै स्पेनलाई जित दिलाए ।

No comments:
Post a Comment