भरतपुर, भाद्र ८ -
कांग्रेस केन्दि्रय सदस्य अर्जुननरसिंह केसीले कान्तिपुर पब्लिकेशन्सका प्रकाशनहरू विक्री वितरणमा जर्बजस्ती अवरोध पुर्याउने काम लोकतन्त्रविरोधी भएको बताएका छन्। पब्लिकेशन्स्को भरतपुरस्थित कार्यालय आईतवार निरिक्षण गर्दै उनले जनताको सुसुचित हुने अधिकारलाई कुनै पनि बहानामा रोक्न नमिल्ने भन्दै त्यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न आग्रह गरे।
ब्यवस्थापनसंग संवाद गरेर समस्याको समाधान गर्न सकिने भन्दै उनले पत्रिका वितरण र प्रकाशनमा अबरोध पुर्याएकामा खेद प्रकट गरे। पत्रिकाको प्रकाशन रोक्ने, विक्री वितरणमा बलजफ्ती गर्ने अराजकतालाई तत्काल राज्यले कानुनी विधिबाट रोक्नुपर्ने उनले बताए।
त्यस्तै प्रेस युनियनका कार्यबहाक केन्दि्रय अध्यक्ष बदि्र सिग्देलले पब्लिकेशन्सको निरिक्षण गर्दै पत्रिका वितरणमा अबरोध गरेर जनताको सुचनाको हकलाई कुण्ठित गर्ने काम गलत भएको भन्दै बार्ताबाट समस्याको समाधान खोजिनु पर्ने बताए।
मुद्रण र वितरणमा अवरोधको भत्र्सना
काठमाडौं - प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका नेताहरूले जनताको सुसूचित हुने अधिकारमाथि हस्तक्षेप गर्नु लोकतन्त्रको खिलाफ र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भन्दै कान्तिपुर पब्लिकेसन्सका प्रकाशनहरूको मुद्रण र वितरणमा पुर्याइएको अवरोधको भत्र्सना गरेका छन्।
रिपोर्टर्स क्लबले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेकपा-माओवादी सम्बद्ध मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन मजदुर संघ मूल इकाई कमिटीले केही दिनयता कान्तिपुर पब्लिकेसन्सका प्रकाशनहरूमा पुर्याएको अवरोधलाई नेताहरूले लोकतन्त्रविरुद्धको कार्यको संज्ञा दिए।
कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रेस प्रजातन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै कान्तिपुर पब्लिकेसन्सका प्रकाशनमा पुर्याइएको अवरोध तत्काल फिर्ता गर्नुपर्ने बताए। श्रेष्ठले मजदुरहरूको हकहितका नाममा अदृश्य माग राखेर पत्रपत्रिका नै बन्द गर्ने काम निन्दनीय भएको भन्दै भत्र्सना गरे। 'लोकतन्त्र स्थापनाका लागि सबैभन्दा महत्त्वपूण्र्ा भूमिका निर्वाह गर्ने प्रेसमाथि नै हस्तक्षेप गर्दा जनताको सूचना पाउने हकमाथि प्रहार भएको छ,' उनले भने, 'त्यसैले यस्ता कार्य तत्काल बन्द गर्नुपर्छ र वार्ताको माध्यमबाट समस्याको समाधान खोजिनुपर्छ।' प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले समेत यो कार्यको निन्दा र भत्र्सना गरेको पनि श्रेष्ठले जनाए। उनले भने, 'नेपाली कांग्रेस यस्तो लोकतन्त्रविरोधी कार्यको जहिले पनि विरुद्धमा उभिन्छ।'
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधानप्रदत्त सूचना पाउने हकमाथि प्रहार गर्नु भनेको लोकतन्त्रमाथिको प्रहार भन्दै कान्तिपुर पब्लिकेसन्सका प्रकाशनमा भएको अवरोध तत्काल हटाउनुपर्ने बताए। जनताको सूचनाको हक पाउने अधिकार कुण्ठित गर्ने मनसायले भएको आन्दोलनको कुनै अर्थ नभएको भन्दै उनले तत्काल वार्ता र संवादका माध्यमबाट समस्याको हल खोजिनुपर्ने बताए।
'लोकतन्त्रको अक्सिजन भनेकै प्रेस हो। ट्रेड युनियनका नाममा प्रेस नै बन्द गर्ने काम गर्नुले कहीं न कहीं जनताको सूचना पाउने अधिकारमा बन्देज लगाउन खोजेको बुझिन्छ, यो हामीलाई किमार्थ मान्य छैन,' ज्ञवालीले भने, 'कान्तिपुर पब्लिकेसन्समाथिको अवरोध खेदजनक छ। त्यो तत्काल हटाउनुपर्छ।'
एकीकृत माओवादीका नेता एवं पूर्वसञ्चारमन्त्री अग्नि सापकोटाले प्रेस स्वतन्त्रामाथि हनन हुने काम कसैले गर्न नहुने बताए। अवरोध तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दै उनले पनि तत्काल वार्ताको माध्यमबाटै समस्याको समाधान खोजिनुप र्ने बताए। सापकोटाले राजनीतिक/सामाजिक परिवर्तनमा प्रेसले महत्त्वपूर्ण योगदान गरेको स्मरण गर्दै प्रेसमाथिको बन्देज अलोकतान्त्रिक भएको बताए। 'मजदुरहरूका जायज माग छन् भने पूरा गर्नुपर्छ। समस्याको समाधान वार्ताको टेबलबाट गर्नुपर्छ,' उनले भने, 'तर पत्रिकाको मुद्रण र बिक्री वितरणमा रोक लगाउनु गलत काम हो। त्यो तत्काल बन्द गर्नुपर्छ।'
क्लबका अध्यक्ष ऋष िधमलाले पत्रिका वितरणमा भएको अवरोधले नेपाली जनताको संविधानप्रदत्त सूचनको हक र प्रेस स्वतन्त्रताको अधिकार कुण्ठित भएको बताए। उनले मजदुरहरूलाई संविधानविरोधी गतिविधि तत्काल रोक्न आग्रह पनि गरे।
प्रकाशित मिति: २०७१ भाद्र ९ १०:१२

No comments:
Post a Comment