Monday, August 25, 2014

आज बाबुको मुख हेर्ने

काठमाडौ, भाद्र ८ - 
छोरा छोरीहरूले आ-आफ्ना बाबुलाई मीठामीठा खानेकुरा भोजन गराउनुका साथै उपहार दिई पितृसम्मान दिवसका रूपमा सोमबार 'बाबुको मुख हेर्ने पर्व' मनाइँदैछ। बाबु दिवंगत भइसकेकाहरूले भने यस दिन गोकर्णेश्वर महादेव परिसरमा गई बाबुको नाममा पिण्ड तर्पण दिने गर्छन्। त्यहाँसम्म जान नसक्नेहरूले नजिकको तीर्थमा गई नुहाई दिवंगत भइसकेका आफ्ना बाबुको नाममा सिदा दान, जलदान गर्ने गर्छन्। नेवार समुदायमा भने दिवंगत आफ्ना बाबुको नाममा निःसला दिने गरिन्छ। यस दिन ब्राह्मण पुरोहितहरूले नयाँ कुशलाई मन्त्रशोधन गरी आ-आफ्ना यजमानका घरमा पुर्‍याई सिदा ग्रहण गर्ने गर्छन्। यही कुश वर्षभरि सबै प्रकारका शास्त्रीय कर्ममा प्रयोग गर्ने गरिन्छ। त्यसैले यस दिनलाई कुशेऔंसी पनि भन्ने गरिन्छ।

प्रकाशित मिति: २०७१ भाद्र ९ १०:१८

No comments: