काठमाडौ, भाद्र ८ -
त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको पछिल्लो पटक निर्वाचनबाट गठित कार्यसमितिको म्याद सकिएको भन्दै उनीहरूलाई कुनै काम गराउन वा गर्न नदिन सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश दिएको छ। पछिल्लो पटक २०६५ चैत ६ स्ववियु चुनाव भएको थियो।
न्यायाधीशद्वय कल्याण श्रेष्ठ र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले त्रिभुवन विश्वविद्यालयसमेतका नाममा जारी गरेको उक्त आदेशमा कार्यसमितिहरूले पूर्ववत् काम गर्न सक्ने अवस्था त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्ब्न्धी नियम २०५० को नियम ४३८ (ग) र (घ) ले समेत नदिएको उल्लेख छ।
अनेरास्ववियु (छैटौं) का तर्फबाट विमलप्रसाद पोखरेलले २०६५ चैत ६ गते भएको निर्वाचनबाट निर्वाचित कार्यसमितिको कार्यकाल २०६६ साल चैत ५ गते समाप्त भइसकेपछि थप गरिएको पदावधि पनि २०६७ चैत ५ मा नै समाप्त भइसकेपश्चात् पनि गैरकानुनी ढंगले म्याद थप गरी कामकाज गर्न लगाइराखेको भन्दै गत साउन १५ गते रिट दायर गरेका थिए।
प्रकाशित मिति: २०७१ भाद्र ९ १०:१२

No comments:
Post a Comment