काठमाडौ, भाद्र ८ -
सरकारले बाढीपहिरो पीडितलाई राहत तत्काल उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ। मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा आइतबार बसेको विपद व्यवस्थापनसम्बन्धी बैठकले तत्काल राहत उपलब्ध गराउने निर्णय गरी मातहतलाई निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
बैठकले बढी प्रभावित सुर्खेत, बाँके र बर्दियाका क्याम्पमा बसोबास गर्ने पीडितको परिवार संख्याका आधारमा खाद्यान्न तथा अन्य राहत सामग्री, स्वास्थ्यकर्मीको उपलब्धता, अस्थायी शौचालय, पहुँच मार्गको व्यवस्था, विद्युत् आपूर्तिलगायतको विवरण संकलन गरी गृह मन्त्रालय मातहतको केन्द्रीय आपतकालीन उद्धार केन्द्रमा पठाउनसमेत सम्बन्धित निकायलाई निर्देशन दिएको छ। बैठकले प्रभावित जिल्ला, गाउँ र विस्थापित बसिरहेको क्याम्पमा स्वास्थ्यकर्मी र औषधिको कमी हुन नदिनसमेत स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
साढे नौ लाख हस्तान्तरण
गणेशमान सिंह फाउन्डेसनले ९ लाख र मदन मेमोरियल कलेजले ५० हजार एक सय रुपैयाँ बाढीपहिरो पीडितका लागि आइतबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई दिएका छन्। फाउन्डेसनका अध्यक्ष एवं उपप्रधानमन्त्री प्रकाशमान सिंह र कलेजका मानार्थ क्याम्पस प्रमुख ध्रुव कार्कीले प्रधानमन्त्री सुशील कोइरालालाई रकम हस्तान्तरण गरेका हुन्। कोइरालाले बाढीपहिरो पीडितका लागि दाताले उदारतापूर्वक दिएको सहयोग रकमको सदुपयोग गरिने बताएको प्रधानमन्त्री कार्यालयका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: २०७१ भाद्र ९ १०:१३

No comments:
Post a Comment