विराटनगर, भाद्र ८ -
अन्तरजातीय विवाह गर्दा समाजबाट विस्थापित एक जोडीलाई आइतबार अधिकारकर्मीको रोहबरमा पुनः स्थापित गराइएको छ। विराटनगर ५, गोकुलटोल बस्ने सुमन मगराती र उर्मिला खतिवडालाई अधिकारकर्मी, प्रहरी, पत्रकार र नागरिक समाजको अगुवाइमा पुनः स्थापना गराइएको हो। प्रेमलाई वैवाहिक जीवनमा परिणत गरेका सुमन र उर्मिलाले कानुनी रूपमा विवाह गरे पनि केटी पक्षको दबाबका कारण भदौ १ गतेदेखि उनीहरू विस्थापित भएका थिए। उनीहरू लुकेर बस्न बाध्य थिए।
उनीहरूले जेठ ५ गते सुनसरी जिल्ला अदालतबाट नाता कायम गराई मन्दिरमा विवाह गरेका थिए। तर केटी पक्षले छुटाउन दबाब मात्र दिँदै सुमनका बाबु केशबहादुर मगरातीलाई कुटपिटसमेत गरेको प्रहरीले जनायो। अधिकारीकर्मीको दबाबमा प्रहरीले केटी पक्षकालाई पक्राउ गरेको थियो।
प्रकाशित मिति: २०७१ भाद्र ९ ११:०५

No comments:
Post a Comment