संखुवासभा, भाद्र ८ -
यहाँको सिसुवाखोला ५ स्थित कालिका मावि, मेवाटारमा पहिरो खस्न थालेपछि विद्यालय बन्द गरिएको छ। लगातार वर्षाले ५ सय मिटर माथिबाट पहिरो झरेपछि ३ दिन अघिबाट विद्यालय बन्द गरिएको हो। लगातार पानी परेपछि विद्यालय बन्द गरेर पठनपाठन ठप्प पारिएको निमित्त प्रधानाध्यापक कर्णबहादुर राईले बताए। 'विद्यालय पहिरोको उच्च जोखिममा परेको छ,' उनले भने, 'पहिरो खसेर विद्यालय पुर्ने डरले बन्द गरेका छौं।' विद्यालयमाथिको भीरबाट पहिरो बग्न सुरु गरेको उनले बताए। विद्यालय बन्द भएपछि पठनपाठन अवरुद्ध छ। पहिरोले विद्यालयका २ वटा भवन बगाउन लागेको उनले बताए। विद्यालयमा ३ सय १९ विद्यार्थी छन्।
प्रकाशित मिति: २०७१ भाद्र ९ १०:५५

No comments:
Post a Comment